१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

नेकपा माओवादी केन्द्र मालारानी गाउँपालिका कार्यालयकाे विस्तारित बैठक सम्पन्न ।

Workplace

बाबुराम रसाईली अर्घाखाँची । नेकपा माओवादी केन्द्र मालारानी गाउँपालिका कार्यालयकाे विस्तारित बैठक सम्पन्न भएकाे छ । बैठक पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार वि.क काे प्रमुख आतिथ्यता, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह-ईन्चार्ज छम कुमारी खनाल (चिनारी), बिशिस्ट आथित्यता, पार्टी लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल, पार्टी पालिका ईन्चार्ज लुम्बिनी प्रदेश परिषद् सदस्य देव बहादुर खड्का, पार्टी जिल्ला समन्वय समिति सदस्य हेमराज भुसाल, अनेमसंघ जिल्ला अध्यक्ष शर्मिला पाेख्रेल, पार्टी मालारानी ६ का सहसचिव तथा निर्वाचित ६ नं. वडा सदस्य लालु राना, पार्टी मालारानी ६ का काेषाध्यक्ष तथा निर्वाचित ६ नं. वडा सदस्य नुम बहादुर घम, मालारानी ९ वडा सदस्य सावित्रा नेपाली, एकीकत शिक्षक संगठन जिल्ला सचिव वि.वि खड्का, सदस्य रामकृष्ण वि.ककाे आतिथ्यतामा बैठक सम्पन्न भएकाे हाे ।

बैठक लाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज ठाकुर कुमार बिकले   पार्टी भित्र भएका समस्याहरु र केही असन्तुष्टि भए तत्काल समाधान गर्ने र पार्टीलाई कुनै पनि दुर्घटना हुन नदिन आफू जस्ताे सुकै कठिन परिस्थितिमा पनि खम्बा बनेर जाने प्रतिवद्धता व्यक्त गरेका छन् । बैठकमा  विशिष्ट अतिथि अन्य  अतिथिहरुले मन्तव्य राख्दै पार्टीका नेता तथा कार्यकर्ता कतिपनि विचलित नभई दृढतापुर्वक पार्टीका काममा लाग्न आग्रह गरे पालिकाकाे सिंगाे पार्टी पंक्तिलाई आवश्यक परे सबैखाले सहयाेग जिल्ला, प्रदेश, केन्द्रबाट समेत सहयाेग गरि समाधान गर्ने समेत जिकिर गरेका छन् ।

त्यस्तै बैठकमा पालिकाका १ देखि ९ वडा सम्मकाे रिपोट सम्बन्धित वडा पार्टी अध्यक्ष तथा प्रतिनिधिले राखेका थिए भने कार्यालयकाे विस्तारित बैठक याेजना बरालकाे अध्यक्षता, सचिव शिवलाल कुवरकाे संचालनमा सम्पन्न भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै