१६ बैशाख २०८१, आइतवार
१६ बैशाख २०८१, आइतवार

पाल्पाबाट इसईई परिक्षामा चार हजार १ सय ८२ बिद्यार्थी सहभागी हुदै

Workplace

पदम गैरे पाल्पा । पाल्पाबाट यस वर्ष चार हजार १८२ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारी गरेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जनाले एसईई परीक्षा दिने तयारी गरेका हुन् ।
जसमध्ये दुई हजार १८ जना छात्र र दुई हजार १६४ जना छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ । इकाइ प्रमुख महेन्द्र सुवेदीका अनुसार जिल्लाभरिका २७ जना केन्द्रबाट एसईईको परीक्षा तयारी भइरहेको छ । यो वर्ष नियमिततर्फ चार हजार १० जना र ग्रेड वृद्धिका १७२ जना विद्यार्थी परीक्षा दिने सुवेदीले जानकारी दिनुभयो । त्यसमध्ये दमकडा माविका एक जना दृष्टिविहीन र पाल्पा कारागारका एक जना परीक्षामा सहभागी हुनेछन् ।

एसईई परीक्षा दिनेमा २६७ जना प्राविधिक धारतर्फका विद्यार्थी हुन् । तानसेनस्थित जनता माविमा सञ्चालित एकमात्र खुल्ला विद्यालयबाट जम्मा १५ जनाले एसइइ दिने तयारी गरेका छन् । यो वर्ष सबैभन्दा बढी रामपुरस्थित दरौटी मावि केन्द्रबाट २८७ जना र सबैभन्दा कम बगनासकालीस्थित चन्द्र मावि चापपानीबाट ६० जनाले एसइइ परीक्षा दिनेछन्।
गत वर्ष २०७९ मा पाल्पाबाट चार हजार ५४६ जनाले एसइइ परीक्षा दिएका थिए । यो वर्ष गत वर्षको तुलनामा ३६४ जना कम विद्यार्थी एसइइमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै