२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

भगवती मा.वि. कुर-शंखेटारीले अंग्रेजी माध्यम बाट शिक्षण गर्ने

Workplace

शोभाखर पन्थी अर्घाखाँची ।भगवती माध्यमिक विद्यालय सन्धिखर्क-२ कुर शंखेटारीले आगामी शैक्षिक सत्र देखि अंग्रेजी माध्यम बाट पठनपाठन संचालन गर्ने भएको छ ।
अभिभावकको आग्रह र विद्यार्थीको चाहनालाई मध्य नजर गर्दै विद्यालयले आगामी शैक्षिक सत्र २०८१ देखि शंखेटारीमा नर्सरी,केजी र कक्षा ६ तथा भगवती स्थान कुरमा नर्शरी ,केजी र कक्षा-१ मा अंग्रेजी माध्यम बाट पठनपाठन गर्ने भएको हो ।
भगवती माध्यमिक बिद्यालय कुर,शंखेटारी द्वारा एस.ई.ई. परीक्षामा समावेश हुने बिद्यार्थीको निम्ति आयोजित शुभकामना तथा बधाई कार्यक्रममा विद्यालयले आफ्नो भावि कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले शैक्षिक गुणस्तर बृद्धिको निम्ति बिद्यालय नयाँ योजना निर्माण गरेर अगाडि बढेको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न नसके ग्रामीण बस्ती मानव बिहिन हुन सक्ने उहाँको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक ध्रुबबहादुर खत्रीले पछिल्लो समय अंग्रेजी भाषा प्रति समुदायको आकर्षण बढेकाले नेपाली र अंग्रेजी दुबै माध्यम बाट पठनपाठन गर्ने तयारी गरेको बताउनु भयो । उहाँले शैक्षिक गुणस्तरको निम्ति आफुहरुले ठुलो चुनौतीका बीच काम गरिरहेको बताउनु भयो । सरकारी विद्यालय प्रतिका आसंका र गुनासा चिर्ने प्रमुख अौजार शैक्षिक गुणस्तर र विद्यार्थीमा आउने परिवर्तन भएको भन्दै उहाँले शिक्षकमा मैले केही गरेर देखाउँछु भन्ने हिम्मत,विद्यार्थीमा जिज्ञासा र अभिभावकमा छोराछोरी प्रतिको कर्तव्यबोध हुन जरुरी रहेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु ढुङ्गानाले भगवती मध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गरिने वताउनु भयो । कुरमा विद्यालय स्थापना गर्दा अभिभावकले पुर्याएको योगदानको स्मरण गर्दै उहाँले शैक्षिक गुणस्तर बृद्धिको निम्ति जस्तोसुकै त्याग र सहयोग गर्न अभिभावक तयार रहेको बताउनु भयो । उहाँले मन देखिनै गर्छु भनेर लागेमा असंभव भन्ने कुरा केही नभएको भन्दै फेरी एकपटक बिद्यालयको निम्ति त्याग गर्न सरोकार वालाको ध्यानाकर्षण समेत गराउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अर्का सदस्य तुल्सी गैरेले सकारी विद्यायको नतिजा कमजोर आउनु दु:खद पक्ष भएको भन्दै भगवती माध्यमिक बिद्यालयले उदाहरण बनेर देखानु पर्ने बताउनु भयो ।
गंगा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रदिप भण्डरीले जिल्लामा सरकारी विद्यालयले पुर्याएको योगदानको स्मरण गर्दै सरकारी विद्यायले आफूलाई समय अनुकुल रुपान्तरण गर्दै लैजानु पर्नेमा जोड दिनु भयो ।
कक्षा-९ की छात्रा सामना नेपालीको अध्यक्षता ,बरिष्ठ शिक्षक डिलाराम पन्थीको स्वागत मन्तव्य र शिक्षक शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले रोचक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै