हृदय भुसाल अर्घाखाँची । भुमिकास्थान नगरपालिका वाड ९ ढिकुरामा चुनढुङ्गा खानी उत्खननका सन्दर्भमा भुमिकास्थान नगरपालिकाले चुनढुङ्गा उत्खनन्का लागी बिजय सिमेन्ट प्रालीका नाममा खानी तथा भुगर्भ बिभाग लैनचौर,काठमाण्डौँ उपलब्ध गराएको भनी नगरपालिका बाट सिफारिस भएको पत्र किर्ते भएको नगर प्रमुख झबीलाल थापाले बताए । आईतवार नगरपालिकामा पत्रकार सम्मेलन गर्दे नगरप्रमुख थापाले यस्तो बताएका हुन् । भुमिकास्थान नगरपालिका ९ सानोडेभा भन्ने स्थानमा चुनढुङ्गा उत्खनन्का लागी बिजया सिमेन्ट प्राली कृष्णनगर नगरपालिका वाड २ कपिलबस्तुुलाई चुनढुङ्गा उत्खनन् कार्यका लागी प्रालीले भुगर्भ बिभागले अनुमति पत्र दिए पछि वाड र नगपालिकाको सिफारिस पत्र किर्ते भएको धारणा बाहिर आएको हो ।
नगरपालिकाको लेटरप्याड र सामन्य भाषा समेत अशुद्ध रहेको सिँगो नगरलाई नै बद्धनाम गर्ने गरि खानी तथा भुगर्भ बिभागलाई उत्खनन् कार्यका लागी मिती २०८०।०८। ५ गतेको नगरपालिकाको नाममा गरिएको सिफारिस पत्र र पुर्ण रुपमा किर्ते भएको भन्दै सोही दिन ५८५ चलानी पत्र संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना,सन्धिखर्क अर्घाखाँचीलाई लेखीको पमाण अहिले पनि चलानी किताबमा प्रष्ट रहेका प्रमुख थापाले बताए ।
थापाले भने,‘ उत्खनन कार्यका लागी अनुमति पत्र जारी भएको जानकारी भए पश्चात गत चैत्र १ गते नै बिभाकलाई खानी बन्द गरिदिनु हुन भनी पत्र पठाएका छौँ,म चुनढुङ्गा उत्खनन्को बिषयमा सुरुदेखी नै खोल्नु हुदैन भन्दै आएको छु,मेरो कुरा एउटै छ,जहाँ गए पनि जति बेला बोले पनि।पर्यावरण,र खानेपानी,तथा मानबिय जिवनमा समेत प्रत्यक्ष असर पुग्ने गरि गर्न हदैन,हामीहरुले नगरकार्यपालिका बाट समेत पटक पटक संचालन गर्न नसकिने निर्णय गरेका छौँ,यसरी यो हद सम्म किर्ते काम गर्ने जो कहीलाई पनि,हामी छोड्दैनौँ,कानुनी प्रकृयामा जान्छौँ,त्यसको लागी अहिले प्रारम्भिक अनुसन्धान गरिरहेका छौँ, बिभिन्न ब्यक्तिहरु बाट सामाजिक संजालमा पत्रका सन्दर्भमा नगरले नै गरेको होकी भन्ने बिषय पुर्ण रुपमा गलत हो,हाम्रो यो सवालमा नगरको टिम ढुक्क छौँ’।
स्थानिय जनता र नगरबासी संग धेरै पटक ठाउँ ठाउँमा बिभिन्न खालका प्रतिकृया लिदाँ कुनै हालतमा खोल्नुु हुदैन भन्ने आम जनताको धारण आएपछि हामीहरुले नखोल्ने कार्यपालिकाबाटै निर्णय गरेको नगर उपप्रमुख बालकृष्ण बन्जाडेले बताए ।
नगरकार्यपालिकाको निर्णयबाट पटक पटक नखोल्ले निर्णय गरिकोले उतm निर्णय कार्यान्वय गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आर्चायले बताए । उत्खनन् संग सम्बन्धीत सार्वजनिक सुनुवाईमा आफु गएको र सोही दिनको कार्यक्रमा आफुले हस्ताक्षर गरेको सोही वडाका वडा अध्यक्ष खेमराज चुदालीले बताए ।
उता सिमेन्ट कम्पनीले भने यो बिषयमा धारणा लिन खोज्दा सम्पर्कमा आउन नखोजेको स्रोतका अनुुसार केही दिनमा खानी बिभावलाई नै स्पष्टिकरण दिने तयार भएको बुझिन आएको छ ।
मेरो हस्ताक्षर किर्ते होःनगरप्रमुख थापा
तपाईको प्रतिक्रिया