१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

निर्माणधिक सिद्धबाबा सुरुङ मार्गको मन्त्री महासेठद्वारा:अनुगमन

पदम गैरे पाल्प निर्माणधिक  सिद्धबाबा सुरुङ मार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठ ले अनुगमन तथा निरीक्षक गरेका छन। राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको स्थलगत निरीक्षण गर्दै रघुबिर महासेठ ले तोकिए को समयमै काम सक्न निर्देशन दिएका हुन्।सरकारका तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको तर बहाना बनाएर काममा ढिलाइ गर्न छुट नदिइने उनको भनाइ छ।सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल बनाउन आकस्मिक रूपमा निरीक्षण गरिएको बताए। भौतिक यातायात सचिब केशम शर्मा ले निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पिछल्लो समय निर्माण को काम तीब्र भएको प्रतिक्रिया दिए। मन्त्री सहित को टोलि ले माथिल्लो सिद्धबाबाको प्रवेशद्धारसहितका क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकअन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको पुर्ब मन्त्रीले सोम प्रसाद पाण्डेय बताए ।

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि ७ अर्ब ३४ करोड सम्झौता गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै