हृदय भुसाल अर्घाखाँची । मनले चिताएको पुग्ने धार्मिक बिश्वास रहेको सुपादेउराली मन्दिर अर्घाखाँची जिल्लाको मात्र देशकै प्रसिद्ध धार्मिक स्थलको रुपमा चितपरिचित छ । गोरुसिङ्गेबाट सन्धिखर्क सडक खण्डको सन्धिखर्क नगरपालिका र सितगंगा नगरपालिकाको सिमानमा अबस्थित रहेको उतm मन्दिर सोही ठाउँबाट सार्न लागेको भनि गलत समाचार सम्प्रेषण गरेको भन्दै मन्दिर संरक्षण समितीले सोमबार बिहान उतm समाचारको पत्रकार सम्मेलन गरि खण्डन गरे पछि समाचार सम्प्रेण गर्ने समयचक्र डटकमले क्षमा मागेको छ ।
सुपादेउराली मन्दिर सार्न लागेको भन्ने समाचार र भिडियो पोष्ट गरिएकोमा मन्दिर समितीले उतm समाचार निराधार भएको बताएको हुदाँ लाखौँको आस्थाको धरोहरमा पर्न गएको आघात प्रति क्षमा गाग्दै भिडियो सामाचार हटाएको भन्दै अगामी दिनमा थप सम्वेदनशिल हुने समयचक्र डटकमले जनाएको छ ।
मन्दिर संरक्षण समितीका अध्यक्ष फर्स बहादुर केसीले मन्दिर कही कतै सार्ने कुरा गलत र भ्रामक भएको हुदाँ गलत समाचारका पछाडी नलाग्न सवैलाई आग्रह गर्नु भयो । भ्रामक समाचारका कारण आफूहरुले धेरै कुराहरु सिक्न पाएको भन्दै मन्दिरका साधारण सदस्य र सहित मन्दिरका सरोकारवाला सवैले अव अझै धेरै मन्दिरको बिकास बिस्तारका साथै सवैलाई आकर्षण गर्न चौतफी रुपमा लाग्ने अध्यक्ष केसीले बताउनु भयो।
देशभर सुपादेउरालीको महिमा दिनप्रतिदिन बढ्दै गईरहेको बेला यस्ता गलत समाचारले धार्मिक आस्थाको केन्द्रमा आचँ पुग्ने भन्दै उतm घटनाको बिज्ञप्ती मार्फत समेत खेद प्रकट गरेको मन्दिर संरक्षण समितीका सचिब हरि खनालले बताउनु भयो ।
सत्य,तथ्य र बास्तबिकता नबुझी समाचार सम्प्रेण गर्दा पुग्ने असर प्रति सबै सचेत हुनुपर्ने भन्दै गलत कुराको आफुहरु पत्रकार नै भए पछि नछोड्ने भन्दै सुपादेउरालीको बिकास,बिस्तार र संरक्षणमा पत्रकार महासंघको सधै साथ,सहयोग रहने पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाले बताउनु भयो ।
पत्रकार सम्मेलनमा सन्धिखर्क नगरपालिका वाड ७ का अध्यक्ष चुरा केसी सितगंगा २ का अध्यक्ष राम बहादुर गोर्खाले उतm भ्रमित र गलत समाचारको खण्डन गर्दे उक्त कार्यको खेद प्रकट समेत गर्नुभएको छ ।
राष्ट्रिय तथा तथा अन्र्तराष्ट्रिय ब्याक्तीत्वहरुले सुपादेउरालीको दर्शन गर्ने गरेका छन् । कुनै समस्या परे भाकल गरे समस्या टर्ने धार्मिक बिश्वास रहेकोले यसप्रतिको आस्था र बिश्वास अनी महत्व दिनप्रतिदिन फैलिदैँ गएको छ । मनोकामना पुरा होस् भनि भन्दै पुजा आजा गर्ने र भाकल समेत गरि पाठा काट्ने र परेवा उडाउने समेत गर्ने गरिन्छ । सुपादेउराली मन्दिरमा भक्तजन र दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ। ठाउँ साधुरो भए पनि सवै दर्शनार्थीले मर्यादित र सहज ढंगले पुजाआजा गर्ने बली दिने,परेवा उडाउने कार्य गर्न पाउँछन् भेटी र चन्दाकोको रकमलाई पारदर्शी गरि कोषमा राखेको र उक्त रकमले बिधालय,भौतिक पुर्वाधार,दुखी गरिवको सेवा,साथै सामाजिक कार्यमा खर्च गरेको मन्दिर संरक्षण समितीले जनाएको छ ।
सुपादेउराली मन्दिर सार्ने भ्रामक समाचारको खण्डन पछि: मिडियाले माग्यो क्षमा
तपाईको प्रतिक्रिया