१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

नवनियुक्त ३ जना मन्त्रीले शपथ लिए

Workplace

काठमाण्डाै – नवनियुक्त तीन जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग मन्त्री पदको शपथ लिनुभएको छ ।

तीनै जनाको मन्त्रालय भने तोकिएको छैन । विशेष गरेर गृह मन्त्रालयमा एमाले र रास्वपा दुवैको दाबी रहेको छ । यस्तै एमाले र माओवादीबीच केन्द्रदेखि प्रदेशसम्मका सरकारमा सहकार्य गरेर जाने सहमति भएको छ । अब केन्द्रसँगै विभिन्न प्रदेशमा पनि सरकार फेरिने सम्भावना बढेको छ । केन्द्रमा भने आधा–आधा समय सरकारको नेतृत्व गर्ने एमाले र माओवादीले सहमति गरेका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ । माओवादीले नेपाली कांग्रेससँगको गठबन्धन नगर्ने निधो गरेपछि अहिलेको गठबन्धन ढलेको हो । अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिलेर नयाँ गठबन्धन बनेको छ ।

यस्तै नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसबाट बनेका सबै मन्त्रीलाई हटाउनुभएको छ । प्रचण्डले दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ गठबन्धन बनाएको र मन्त्रीहरू हटाएको जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै