तानसेन नगरपालिकाको प्रथम मेयरकप सुरु

पदम गैरे पाल्पा । तानसेन टुँडिखेलमा बुधबारदेखि प्रथम मेयर कप सुरु भएको छ । तानसेन नगरपालिकाको आयोजनामा सुरु भएको प्रथम मेयर कप प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । पहिलो पटक प्रतियोगिता गरेको मेयर कप अन्तर्गत फुटबल प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य बीर बहादुर रानाले उद्घाटन गर्नुभयो । उहाँले खेलाडीलाई हौसला प्रदान गर्न र नयाँ खेलाडी उत्पादन गर्न मेयर कप प्रभावकारी बन्नुपर्ने बताउनुभयो ।
फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा वडा नम्बर १४ अर्गलीलाई वडा नम्बर ९ दमकडाले ५–० गोलले पछि पारेको छ । दमकडाका लागि आषिश राना र अंकित मश्राङ्गीले दुई दुई गोल गरे भने जोन मश्राङ्गीले एक गोल थपेका नेपाल खेलकुद पत्रकार मँचका पाल्पा अध्यक्ष माधव अर्यालले जानकारी दिनुभयाे । अर्गलीका खेलाडीले गोल गर्नबाट चुकेका छन् । बिहिबार ७ र ३, शुक्रबार ५ र १ (ख), शनिबार ४ र २, आइतबार ६ संग ५ र १ (ख) को बिजेता, सोमबार १ (क) संग ४ र २ को बिजेता बीच प्रतियोगिता हुने नगर खेलकुद समितिका अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।
मेयर कप प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट र व्याडमिन्टन प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । फुटबल प्रतियोगितामा प्रतियोगितामा विजेतालाई नगद एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उपविजेताले नगर ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।
नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएको यस प्रतियोगितामाले खेलाडीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो । प्रतियोगिताको व्यवस्थापन जिल्ला फुटबल संघले गरेको नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
खेल क्षेत्रका विकासका लागि नगरपालिको यो वर्ष १५ लाख बजेट विनियोजन भएको र यही रकमबाट मेयर कप संचालन गरिएको हो । नगरपालिका जिल्लासदरमुकाम भएकाले पनि यहाँ अन्य खेल गतिबिधि हुने भएकाले बजेट व्यवस्थापन गर्न गाह्रो हुने गरेको छ । आगामी दिनमा अन्य खेल तथा खेलाडीको दुर्घटना विमामा समेत नगरपालिकाले बजेट विनियोजन गर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यक्रम नगनरप्रमुख श्रेष्ठको अध्यक्षता र शिक्षा शाखा संयोजक कोपिला न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img