१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

डाक्टरको प्रेस्किप्सनविना औषधि बेच्नेलाई कारबाही हुने

Workplace

काठमाण्डाै – औषधि व्यवस्था विभागले डाक्टरको प्रेस्किप्सनविना औषधि बिक्री–वितरण नगर्न  चेतावनी दिएको छ ।

विभागले औषधि ऐन २०३५ को दफा (१७) को उपदफा २ मा चिकित्सकको प्रेस्क्रिप्सनविना बिक्रीवितरण गर्न नहुने भनी उल्लेख गरिएअनुसार समूह ‘क’ र समूह ‘ख’ का सूचीमा रहेका औषधिहरु बिक्री नगर्न भनेको हो ।

औषधि पसलको निरीक्षणको क्रममा यस्ता औषधि विना प्रेस्क्रिप्सन नै बिक्री–वितरण भएको पाइएको विभागले जनाएको छ । एन्टिबायोटिक औषधिहरू समेत विना प्रेस्क्रिप्सन बिक्री–वितरण हुँदा जीवाणुहरुमा औषधि प्रतिरोधी क्षमता वृद्धि भइ अत्यावश्यक परेका बेला औषधिले काम नै नगर्ने अवस्था समेत आएको भन्दै विभागले सचेत गराएको छ ।

ऐनमा उल्लेख भएविपरीत त्यस्ता औषधि बिक्री गरेको पाइए कारबाही हुने विभागले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै