२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

कृषिलाई व्यबसायिक करण गर्नको लागि उत्पादनमा जोड दिनुपर्छ प्रमुख:घिमिरे

Workplace

अनिल नेपाली अर्घाखाँची ।कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आयोजनामा आज स्थानिय तहका कृषि प्राविधिकहरु संग अन्तरक्रिया गोष्ठी कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले मन्तब्य राख्दै जिल्लाको आर्थिक समृद्धिका लागि कृषि विकास रणनीति बनाइ ब्यबसायिक कृषि उत्पादनमा जोड दिई कृषिजन्य बस्तुको बढ्दो आयात कम गर्न कदम चाल्नुका साथै जिल्लाका निर्यातजन्य कृषि उपजको पहिचान गरी सोहि अनुसारका कृषि कार्यक्रमहरु सन्चालन गर्नुपर्ने स्थानीय सरकारलाई आग्रह गदै तीन तहका सरकारको आपसी समझदारीमा कार्यक्रम निर्धारण गनुपर्नेमा जोड दिदै संघ, प्रदेश तथा स्थानीय तह अन्तरगतका विभिन्न कार्यालयहरुबाट प्रबाह हुने कृषि अनुदानका कार्यक्रमहरु दोहोरिने सम्भावना रहने हुदा एकद्वार प्रणालीबाट अनुदानका कार्यक्रम सन्चालन गर्नुका साथै सन्चालित कार्यक्रमको प्रभावकारिता बारे अनुगमन तथा मुल्याङ्कन गर्नु आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख बिष्णु मगरातीले उत्पादनलाई व्यबसायीकरण र औधीकरण गनुपर्नेमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रमा अर्घाखाँचीका स्थानीय तहका कृषि शाखाका प्रमुखहरुले आफ्नो पालिकामा भएका समस्या समाधान सम्भाबनाको बारेमा बताउदै सहजीकरणको लागि आग्रह समेत गरेका थिए । गोष्ठीमा जिल्लाको ६ वटा स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरु तथा सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो । कृषि प्राविधिकहरुले आ–आफ्नो कार्य क्षेत्रमा गरेका कामहरुको विवरण पेश गरेका थिए । कार्यक्रम कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेको अध्यक्षता कृषि अधिकृत टिकाराम न्यौपानको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनका प्रमुख बिष्णु मगराती छत्रदेबमा आउनु भएका कृषि प्राविधिक सरिता शाही लगायत लाई स्वागत समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै