२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

पुर्ण खाेप सुनिश्चितता सहित निरन्तरता ग्यारेन्टी हुन्छ: प्रमुख कोईराला

Workplace

अनिल नेपाली । पूर्णखोप सुनिश्चिता सुरक्षा अध्याबधिक कोभिड खोप अभियान पालिका तथा स्वास्थ्य सस्थालाई सम्मान जिल्ला खोप समन्वय समिति जिल्ला कोभिड खोप अभियान सञ्चालन तथा अनुगमन समितिको सयुक्त बैठक साथै आगामी कार्ययोजना तयारी सम्वन्धी १ दिने गोष्ठी एब पूर्ण खोप धोषणा सभा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा आज सदरमुकाम सन्धिखर्कमा जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोईरालाको प्रमुख आतिथ्यता तथा अध्क्षतामा सम्पन्न भएको छ । गोष्ठीलाई सम्वोधन गदै प्रमुख कोईरालाले जिल्लालाई पूर्ण खोप सुनिश्चित धोषणा गरिएता पनि यसको निरन्तरताको लागि स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना गरिएको भएता पनि यसको निरन्तरताको लागि आग्रह गदै खोप पाउने उमेर समूहका सम्पूर्ण बालबालिकाले नियमित खोप पाइरहेको सुनिश्चितताको ग्यारेन्टी गदै धोषणा गरेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लक्ष्मी शर्मा ज्ञबाली सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , छत्रदेब गाँउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ मालारानी गाँउपालिका अध्यक्ष दल बहादुर भट्टाराई प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल लगायतले मन्तब्य राख्दै पूर्णखोप सुनिश्चितता सँगै यसको दिगोपना प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा उत्कृष्ट स्थानीय तहको रुपमा भुमिकास्थान नगरपालिका , छत्रदेब गाँउपालिकालाई सम्मान गरिएको थियो भने धोषणा गर्नको लागि सहयोग पु¥याउने गाँउपालिका र नगरपालिका स्थानीय तहलाई समेत सम्मान गदै सितापुर स्वास्थ्य चौकी का विष्णु खनाल पाणिनी गाँउपालिका जगदिश घिमिरे बाङ्गला स्वास्थ्य चौकीका प्रमुख मिनराज पौडेल असुरकोट स्वास्थ्य चौकी प्रमुख अरुणराज भट्टाराई मालारानी गोखुङ्गा स्वास्थ्य चौकीका हुमाकान्त पौडेल केरुङ्गा स्वास्थ्य चौकी प्रमुख हरि प्र पोख्रेल खोप अधिकृत राम प्र गौतमलाई सम्मान पत्र गरिएको थियो कार्यक्रममा जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले प्रस्तुतीकरण समेत गनुभएको थियो । तथ्याङ्ग सुपरभाईरज बसन्त पोख्रेलको सञ्चालन तथा स्वास्थ्य प्रमुख शिब नेपालीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सरोकारवाला निकाय सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै