२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

सत्यवतीको मेलामा १८ लाख बढी आम्दानी

Workplace

पदम गैरे पाल्पा । तिनाउ –४ को सत्यवती तालको धार्मिक मेलामा १८ लाख ५० हजार ३ सय ३१ रुपैयाँ संकलन भएको छ । मंसिर ७ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको मेलामा भेटी र सहयोग वापत उक्त रकम संकलन भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक पारदर्शिताका लागि मेला सकिएको भोली पल्ट मंगलबार नै समिति, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको उपस्थितिमा आम्दानीको हिसाव गरिएको उहाँले बताउनुभयो । सत्यवती ताल तिनाउ गाउँपालिकाको एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय महत्व रहेको स्थल भएकोले यसको विकास, संरक्षण र नियमनका लागि कार्यविधि तयार गरेर अगाडि बढ्ने योजना गाउँपालिकाको रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । विगतका वर्षमा सञ्चालन भएको मेलामा आर्थिक विषयमा गाउँपालिकामा प्राप्त गुनासोका आधारमा अहिले कार्यपालिकाको बैठकबाट निर्णय भएअनुसार आम्दानी खर्चको हिसाव किताव गाउँपालिकाको प्रत्यक्ष सहभागितामा गरिएको उहाँले जानकारी दिनुभयो ।
मेलाको आम्दानीको हिसाब भएपनि खर्च विवरण संकलन भैरहेकोले आम्दानी र खर्चको हिसाव किताव गरेर समीक्षा बैठक गरिने सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । उहाँले मेला सन्तोषजनक रहेको बताउदै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।
कात्तिक महिनामा बाला चतुर्दशी र पूर्णिमा पर्ने वर्ष मात्र सत्यवती बज्यैको दर्शन गर्ने जोग पर्ने भएकोले दर्शनार्थी पुग्ने गरेपनि अहिले बाह्रै महिना दर्शनार्थीहरु सत्यवती तालमा दर्शनका लागि पुग्ने गरेका छन । सत्यवती तालमा पुगेपछि बाँसको लिंगो गाडने र राती पूजा गर्दा त्यही लिंगो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ । यो वर्ष जोग नपरेको भएपनि अनुमानित एक लाख ५० हजार भक्तजन तालमा पुगेको आयोजकको दावी गरेको छ ।
तानसेन र वुटवल क्षेत्रबाट आउने भक्तजनहरु सिद्धार्थ राजमार्गको २४ माइल र झुम्सा पानी मिलबाट पैदल दुई घण्टाको उकालो हिडेपछि सत्यवती ताल पुग्न सकिन्छ । सवारीसाधनको प्रयोग गरेर पनि सहज रुपमा तालसम्म पुग्न सकिन्छ । यहाँ मेला भर्न रुपन्देही, स्याङ्गजा गुल्मी, अर्घाखाची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौलगायत छिमेकी देश भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट दर्शनार्थी आउने गर्दछन l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै