२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

नेपालगन्जमा सहकारी प्रशिक्षक,प्रशिक्षण तालिम संचालन

Workplace

हृदय भुसाल नेपालगन्ज । सामूहिक रूपमा आर्थिक, सामाजिक र साँस्कृतिक आवश्यकता पूरा गर्नुका साथै सामूहिक स्वामित्व र प्रजातान्त्रिक नियन्त्रण प्रक्रियाबाट सञ्चालन भएका सहकारी कर्मी हरुलाई लक्षित गर्दै सहकारी प्रशिक्षालय बाके द्वारा सात दिने प्रशिक्षक,प्रशिक्षण तालिम मंगलबार एक विशेष कार्यक्रमका बीच बाकेको नेपालगन्जमा प्रशिक्षालयका निमित्त प्राचार्य बिनोद कुमार  पौडेलले दिप प्रज्वलन गरि एक कार्यक्रमका बीच उदघाटन गर्नु भएको थियो । तालीमको उद्घघाट्न गर्दै पौडेलले तालिमले आर्थिक,सामाजिक तथा सास्कृतिक बिकासमा सहयोग पुराउने भन्दै सिकेका सीप र ज्ञानलाई पुर्ण रुपमा ब्यबहारिक प्रयोग गर्नु पर्ने बताउनु भयो । लुम्बिनी प्रदेशका ११ वटा जिल्ला बाट प्रतिनिधि मुलक सहभागी रहेको तालिममा सहकारी बिषयका बिबिध आयाम बारे प्रशिक्षण गरिएको आयोजक संस्थाले जानकारी दिएको छ तालिमले सहकारी ब्यबस्थापन,संचालन साथै सिकाई उपलब्धि हरु लाई समेत कसरी प्रभावकारी रुपमा कक्षा संचालन मार्फत थप सहकारी कर्मीलाई सबल र सक्षम बनाउने उदेश्यका साथ तालिममा सहभागी भएको प्रशिक्षार्थी एबम सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतम ले बताउनु भयो । सहकारी तालीमले सहकारी प्रबर्द्धन र बिकासका साथै स्वयम ब्यक्तिको ब ब्यक्तित्व बिकासमा समेत सहयोगि हुने तालिममा सहभागी नवलपरासीका प्रशिक्षार्थी बिस्नु बरालले बताउनु भयो । तालिमले थप उर्जा सहित सहकारीका क्षेत्रमा सीप बिकासमा सहयोग पुराउने अपेक्षा रहेको प्रशिक्षार्थी पदम गैरेले बताउनु भयो । सरल,सहज र बुझन सक्ने गरि संचालन भएको तालिम प्रभावकारी भएको प्रशिक्षार्थी भानु पौडेलले बताउनु भयो । तालीमबाट सिकेका विभिन्न सीप लाई ब्यबहारमा प्रयोग गर्न यो तालिम फलदायी हुने प्रशिक्षार्थी विशाल गिरिले बताउनु भयो । सहकारीमा नियमित रुपमा गरिदै आएका काममा थप स्पस्टता हुनुका साथै सहकारी ज्ञान,सीप एबम सार्बजनिक प्रस्तुतिकरणका सिपमा समेत वृद्धि हुने हुदा तालीम फलदायी हुने सहभागी ध्रुव सापकोटाले बताए । तालिममा सहकारी,परिभाषा अर्थ मुल्य,मान्यता, सिद्वान्त विभिन्न,ऐन,नियम,कार्यबिधी, दर्ता संचालन, नियमन,नेतृत्व बिकासका विभिन्न आयायहरु अन्तरास्ट्रिय मान्यताहरु सहित सहकारी क्षेत्रका ब्यबहारिक र सैद्धान्तिक पक्षका विभिन्न सबालमा सहजीकरण गरि सहजकर्ता उत्पादन गर्ने उक्त तालीमको उदेश्य रहेको संयोजक तथा प्रशिक्षक गोपाल पौडेलले जानकारी दिनु भयो । सहकारीका विभिन्न तालिम हरु मध्य यो सहजीकरण सीप वृद्धि गर्ने एक महत्त्वपूर्ण तालिम मनिने हुँदा ( ToT) सहकारी कर्मी हरुको माग र आबश्यकताको आधारमा संचालन गरेको प्रशिक्षक भोजलाल थारुले जानकारी दिनु भयो । तालीमका विभिन्न बिषयहरुमा निमित्त प्राचार्य बिनोद कुमार पौडेल, गोपाल पौडेल, भोजलाल थारु,सन्तोष ढुगाना लगायतका प्रशिक्षक ले सहजीकरण गरिरहेको तालिममा सहभागी प्रशिक्षार्थी हरुले बताएका छन् । तालीममा ११ जिल्लाका करिब २५ जनाको सहभागीता रहेको तालिम मसिर १८ गते सम्म संचालन हुने प्रशिक्षालयले जनाएको छ । सहकारी सहकार्य हो । सहकार्य गर्दा प्रारम्भिक सहकारी संस्थाको सीमित घेराभित्र रहेर सदस्यका लागि व्यावसायिक तवरले सहकार्य सम्भावना छ । तर क्षेत्रगत हिसाबले, विश्व परिवेशले ग्लोबलाइजेसन आत्मसात गरिरहेको परिवेशमा समुदायमा आधारित रहने सहकारी संस्थाले आफ्नो सबै किसिमको कानुनी तथा सैद्धान्तिक पक्ष सिक्न तथा अवलम्बन गर्न पहुंँच हुंदैन । जसका लागि सानो युनिटमा जिल्ला तहमा जिल्ला सहकारी प्रशिक्षण संचालन गरि सहकारी आन्दोलन लाई थप बलियो बनाउन प्रशिक्षक उत्पादन गर्ने तालिम आफैमा सहयोग हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै