१० फाल्गुन २०८०, बिहिबार
१० फाल्गुन २०८०, बिहिबार

माओवादी केन्द्र द्वारा नगरस्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

Workplace

अशोक खनाल अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) जिल्ला समन्वय समिति अर्घाखाँचीद्वारा दुई वटा नगरकमिटीको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न ।
नेकपा ( माओबादी केन्द्र ) जिल्ला समन्वय समिति अर्घाखाँचीले जिल्लाको दुईवटा नगरपालिकाहरु सन्धिखर्क नगरपालिका तथा भुमिकास्थान नगरपालिका नगरकमिटी सदस्य तथा वडा अध्यक्षहरुको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टी केन्द्रिय सदस्य तथा तीन महिने बिषेश रुपान्तरण अभियान अर्घाखाँचीका इन्चार्ज बामदेब क्षेत्रीको प्रमुख आतिथ्यतामा शुरु प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष शुर्दशन बराल , केन्द्रिय सदस्य ठाकुर कुमार बिक , प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल प्रदेश समितिका सदस्य लगाएतको उपस्थित रहेको थियो ।
प्रशिक्षणमा पार्टी केन्द्रिय सदस्य बामदेब क्षेत्रीले दर्शनशास्त्र ,केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष सुदर्शन बरालले शुसासन सामाजिक न्याय सहितको समृद्धि तथा केन्द्रिय सदस्य ठाकुर कुमार बिकले कम्युनिस्ट संगठन र संगठनात्मक सिद्धान्तहरुको बारेमा प्रशिक्षित गरेका थिए ।
प्रशिक्षण कार्यक्रम भुमिकास्थान नगरकमिटीका अध्यक्ष नरेन्द्रमान मुखियाको अध्यक्षता तथा सन्धिखर्क नगरकमिटीका सचीव बिष्णु ढुङ्गानाको संचालनमा शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै