३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

Workplace

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् ।

महोत्तरीको जलेश्वरमा आज बुधवार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । पार्टीका छ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए । याे निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ ।

पार्टीका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ जना सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै