टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन प्राधिकरणको निर्देशन, अटेर गरे कारबाही हुने

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म त्यसको जानकारी नआएकाले २४ घण्टा भित्र जानकारी दिन प्राधिकरणले निर्देशन दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर २४ घण्टा भित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए नभएको बारे जानकारी दिन र यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ । टिकटक बन्द गराउन गएको कात्तिक २८ गते र मंसिर २ गते सार्वजनिक सूचना निकालिसकेकाले अबको २४ घण्टा भित्र जवाफ पेश गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

गएको कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सदभाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै प्राधिकरणले तत्काल टिकटक बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो । तर, त्यस पछि पनि केही सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै