१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

निर्वाचन व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने

काठमाण्डाै – एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाण्डाैमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

निर्वाचन आयोग नेपाल र ‘एसियन नेटवर्क फर फ्री इलेक्सन’ को आयोजनामा हुने छैटौँ संस्करणको ुएसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमु को उद्घाटन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र समापन परराष्ट्रमन्त्री एनपी साउदबाट हुने तय भएको आयोगले जनाएको छ ।

सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील गैरनाफामूलक तथा प्राज्ञिक संस्थाका दुई सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनको मुख्य नारा ‘दिगो लोकतन्त्र निर्माण : निर्वाचनसम्बन्धी अवसर र चुनौतीको सम्बोधन’ रहेको छ । सम्मेलनमा नेपाललगायत अन्य देशका विज्ञ व्यक्तिबाट सात वटा विषयमा केन्द्रित रही २१ वटा कार्यपत्र प्रस्तुत हुने तथा काठमाण्डाै घोषणापत्र जारी गरिने आयोगले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै