१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

Workplace
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। शनिबार(आज) बिहानसम्म देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू—भागमा आंशिक बदली रही देशका बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू—भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति कर्णाली र  सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू—भागमा आंशिक बदली रही देशको बाँकी भू—भागको मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू—भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै