उनलाई भक्तपुरस्थित घरबाट बाहिर निस्किन नदिन प्रहरी टोली खटाइएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ)को टोलीले अहिले प्रसाईंको घरलाई वरपरबाट घेरेको छ ।
हिजो बिहीबार बल्खुमा प्रदर्शनपछि प्रसाईंले साँझ पत्रकार सम्मेलन गर्दै आज शुक्रबारदेखि तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।
प्रसाईंले तीनकुने क्षेत्रसहित निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने तयारी गरेपछि प्रहरीले उनलाई घरभित्र मात्रै बस्न पाउने गरी नजरबन्द गरेको हो ।
प्रसाईंको हिजोको प्रदर्शनमा उनका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा केही प्रदर्शनकारी र ३० जना बढी प्रहरी पनि घाइते भएका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै अश्रृग्यास र पानीको फोहोरासमेत हानेको थियो ।
यसैबीच प्रहरीले हिजोको प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने प्रसाईंका पाँचजना कार्यकर्तालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।