१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

सरकारले अपाङ्गका समस्याहरु देख्न सकेन नेकपा ईन्चार्ज:घर्ती

अनिल नेपाली अर्घाखाँची ।विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका ईन्चार्ज खेम घर्ती माहुरीले सरकारले अपाङ्ग दलित जनजाति पिछडिएको बर्गको पक्षमा खासै  समस्या देख्न नसेको र सबेदनशीलता देखाउन नसकेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले पार्टी पुनगठन को पुर्ब सन्ध्यामा आज निर्मल नबज्योति सुस्तमनिस्थिति विधालयमा शैक्षिक सामाग्री र फलफुल हस्तान्तरण कार्यक्रममा नेता घर्तीले यस्तो बताएका हुन् । नेता घर्तीले जनताको पक्षमा काम गर्ने र राष्ट्रलाई समृद्ध बनाउने महान् अभियान सहित पिछडिएको समाजको उत्थानको लागि लाग्ने पार्टी आफ्नो भएको बताउदै अपाङ्गको पक्षमा काम गर्ने सरकारी गैरसरकारी सस्थालाई बास्तविक अपाङ्गको पक्षमा काम गर्नको लागि आग्रह गरे । कार्यक्रममा विधालयकी प्रधानाध्यापक कमला भुसालले नेकपाले गरेको कार्यक्रम सबैले अनुसरक्षण गर्न लाग्य रहेको बताउदै यस्ता कामलाई सबैले निरन्तरता दिएमा सबैको साझा दायित्वबाट सस्थालाई प्रभाबकारी रुपमा अगाडि बढाउनको लागि सहज हुने बताइन् कार्यक्रम नेकपा नेता पदम सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै