
सुवास गौतम अर्घाखाँची /पोखराथोक । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वाड २ पोखराथोक साविक ३ रयलेमा रहेको श्री चित्ररम्भा आधारभूत विद्यालयमा गोमा स्मृति अक्षय कोष स्थापना गरिएको छ । एक औपचारिक कार्यक्रम गरि गोमा स्मृति अक्षय कोष स्थापना गरिएको बिधालयले जानकारी दिएको छ । स्वर्गीय गोपाल गौतमका छोरा डम्बर प्रसाद गौतमको श्रीमती गोमा गौतम को स्मृतिमा छोराबुहारीहरू गिरीराज गौतम , नेत्र गौतम र राधा गौतम ले आफ्नी ममता आमाको संझना मा गोमा स्मृति अक्षय कोष स्थापना गर्नु भएको छ । उक्त अक्षय कोष स्मृति कार्यक्रमका प्रमुख अतिथि एबम पाणिनी गा. पा.वडा नं २ का अध्यक्ष चन्द्रकान्त पौडेलले अक्षय कोसले थोरै भए पनि दुखी गरिब बिपन्न बर्गलाई सहयोग हुने भन्दै अक्षय कोष दातालाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि चन्द्रकान्त पौडेल, शिक्षक अभिभावक संघ अध्यक्ष, माधव गौतम, निवर्तमान अध्यक्ष रामचन्द्र गौतम लगायत हरुले गोमा स्मृति अक्षय कोष स्थापना गरेकोमा गिरीराज गौतमको परिवार लाई विशेष धन्यवाद दिनु भएको थियो । सो विद्यालयका पूर्व विद्यार्थी गिरीराज गौतमले आफ्नो विद्यार्थी जीवनमा आफुले दुख पाएको संझेर यस विद्यालयका गरिब , विपन्न , र जेहेन्दार विद्यार्थीलाई अक्षय कोषको बार्षिक आउने व्याज बाट छात्रवृत्ति हरेक बर्षको विद्यालयको बार्षिक उत्सवको उपलक्ष्यमा वितरण गर्ने गरी प्रदान गर्नु भएको रामचन्द्र गौतमले वताउनु भयो । कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जगनाथ गौतमको अध्यक्षता प्रधानध्यापक राम कुमार छिनालको संचालनमा सम्पन्न भएको थियो ।