१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

अवैध भीपीएन रडीएनएसबाट टिकटक चलाउँदा डेटा र बैंकिङ विवरणसमेत चोरी हुने सरकारको चेतावनी

Workplace

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असुरक्षित नेटवर्क प्रयोग गरेर टिकटक नचलाउन अनुरोध गरेको छ ।

आज मङ्गलवार एउटा विज्ञप्ति निकालेर मन्त्रालयले सरकारले टिकटक बन्द गरे पनि फ्री भीपीएन र ओपन डीएनएसको प्रयोग गरेर टिकटक चलाउने क्रम बढेकोले यस्ता नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको हो ।

फ्री भीपीएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, ब्याल्कमेलमा परिने र जोखिम बढ्ने हुँदा यस्ता नेटवर्क प्रयोग नगर्न आग्रह गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताउनुभयो ।

यसैबीच नेपाल प्रहरीको साइबर ब्युरोले पनि अवैध तरिकाले भीपीएन र डीएनएसको माध्यमबाट इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गर्नु जोखिमपूर्ण हुने बताएको छ । अवैध भीपीएन र डीएनएसको माध्यमबाट सामाजिक सञ्चाल चलाउँदा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डेटा, व्यक्तिगत विवरण र बैंकिङ विवरणहरू असुरक्षित हुन सक्ने चेतावनी दिएको छ ।

यस्तै विद्युतीय स्वरूपमा गैरकानुनी कुरा सम्प्रेषण गर्ने, व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय भाषिक र धार्मिक सद्भाव खलबलाउने लगायतका गतिविधि नगर्न पनि साइबर ब्युराेले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै