४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

सैनिक फिर्ता लैजान भारतलाई माल्दिभ्सको औपचारिक आग्रह

माल्दिभ्सले औपचारिक रुपमा भारतलाई आफ्नो देशभित्र रहेका भारतीय सैनिक फिर्ता लैजान आग्रह गरेकाे छ ।

शपथ ग्रहणलगत्तै राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई आफ्ना सैनिक फिर्ता लैजान भन्नुभएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको हाे।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर भारतका अर्थ साइन्समन्त्री किरेन रिजिजुसँगको भेटमा राष्ट्रपति मुइज्जूले भारतलाई आफ्नो सेना फिर्ता लैजान भन्नुभएको उल्लेख छ । भारतीय मन्त्री रिजिजु राष्ट्रपति मुइज्जूको शपथ ग्रहण समारोहमा सहभागी हुन माले पुग्नुभएको थियो ।

माल्दिभ्स राष्ट्रपति कार्यालयले भेटमा भारतीय सैनिक फिर्ताको विषय भनेको जनाए पनि भारतीय पक्षले यसबारे प्रतिक्रिया दिएको छैन । राजधानी मालेका पूर्वमेयर मुइज्जूले गएको महिना भएको राष्ट्रपति चुनावमा माल्दिभ्समा रहेको भारतीय सैनिकको फिर्तीको विषयलाई प्रमुख चुनावी मुद्दा बनाउनुभएको थियो ।

उहाँले आफूले एक सय दिनमा गर्ने भनेको काममा महत्त्वपूर्ण कामहरुमध्येमा भारतीय सैनिक फिर्ता पनि पर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै