२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

टिकटकलाई पत्र लेख्दै दूरसञ्चारले भन्यो–सरकारसँगै कुरा गर्नू

Workplace

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले सिङ्गापुरमा रहेको टिकटक कम्पनीलाई पत्र पठाएर टिकटक बन्द गर्ने निर्णयबारे सरकारसँगै कुरा गर्न भनेको छ । यसअघि नेपालबाट टिकटक बन्द गर्ने निर्णय भएसँगै दूरसञ्चार प्राधिकरणलाई टिकटकले पत्र लेखेको थियो । त्यसपछि दूरसञ्चार प्राधिकरणले पत्र पठाएर सरकारको निर्णय अनुसार टिकटकलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न अनुरोध गरेको छ ।

पत्रमा दूरसञ्चार प्राधिकरणसँग भन्दा पनि नेपाल सरकारसँग नै यस विषयमा कुराकानी गर्न टिकटकलाई आग्रह गरिएको छ । सरकारको निर्णय कार्यान्वयनका लागि सहयोग गर्न टिकटकलाई आग्रह गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

गएको कात्तिक २७ गते सरकारले नेपालबाट टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यसबारे सामाजिक सञ्जालमा यसका पक्ष र विपक्षमा विभिन्न तर्क भइरहेका छन् । टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । यो रिटमाथि पर्सि सोमवार सुनुवाइ हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै