४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

नक्कली नाेटसहित दुई जना पक्राउ

काठमाण्डाै – पर्साकाे वीरगञ्जमा नक्कली नाेटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका-३ का उमेश कुमार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले वीरगञ्जको सिटी मार्केटमा कपडा किनेर नक्कली नोट दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे जानकारी दिनुभयाे ।

उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको थापाले जानकारी दिनुभयाे । उनीहरुमाथि खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै