४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

आएन तिहार

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा तिहारको रमझम छ । देउसीभैलोले वातावरण रमाइलो बनाइरहेको छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमा भने न देउसीभैलोको रौनक छ न तिहारको रमझम उनिहरु लाई  तिहार नै आएन ।

चिसो सिरेठोमा खुला आकाशमुनि पालको भरमा बसिरहेका भूकम्प पीडितले कष्टकर दैनिकी बिताइरहेका छन् । भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक दीपावली मनाउने अवस्थामा छैनन् । जाडोको समयमा खुला आकाशमुनिको बासले उनीहरूलाई रात कटाउन निकै धौ–धौ छ ।

भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो। कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटमा झण्डै ५५ हजार र प्रदेशभरि झण्डै ६५ हजार घरधुरी विस्थापित भएका छन्। विस्थापित सबैको बास भनेकै पालमुनि हो ।

दशैँ घरमा मनाएका उनीहरु भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन् ।  भूकम्पपीडितले लक्ष्मी पूजाको दिन अस्ति आइतवार पालमुनि नै दीप प्रज्वलन गरेर लक्ष्मीको पूजा गरे । तिहारको रौनक चलिरहँदा भूकम्पीडितलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको जाजरकोट कुशे गाउँपालिकाका कालीबहादुर सिंहले बताउनुभयो ।

भूकम्पबाट बास खोसिएकाको जीवनरक्षाका लागि सरकारले जतिसक्दो छिटो पुनःस्थापना तथा पुनःनिर्माणका काम थालिदिएको भए आफ्नो लागि सबैभन्दा ठूलो तिहार त्यही हुने भूकम्प प्रभावितको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै