भुकम्प प्रबावित क्षेत्र: जे देखियो त्यो लेखियो

हृदय भुसाल बुटवल ।   नेकपा (एकीकृत समाजबादी) सम्बद्ध अनेमसंघ केन्द्रिय कमिटीका अध्यक्ष जयन्ती राई सहित लुम्बिनी प्रदेश सभा सदस्य तथा संगठनका केन्द्रिय नेता समेत रहनु भएका भगवती घिमिरे सहितको टोलि भुकम्प प्रभावित क्षेत्रमा राहत र उद्वार कार्यका लागि थोरै भए पनि साथ सहयोग र बिपदको पिडामा पलम लगाउन भुकम्प प्रभावित क्षेत्र जागरकोट   पुग्यो । जहाँ पुग्दा सम्म आफुले  देखेका गरेका कार्य साथै  अनुभुती गरेका पिडादायिक परिस्थितिको बारेमा लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरेले लेख्नु भएको भुकम्प प्रभावित क्षेत्र : जे देखियो तेहि लेखियो भनेर उल्लेख गर्नु भएको अनुभुतीजन्य सामाग्री जस्ताको  त्यस्तै प्रस्तुत गर्द्छौ :
१. जाजरकोटलाई केन्द्र बिन्दु बनाएर २०८० कार्तिक १७ गते राति ११.४७ बजे ६.४ रेक्टर स्केलको भुकम्प गयो ।
२. भुकम्पले खासगरी जाजरकोट र रूकुम पस्चिममा धेरै क्षेति पुर्यायो । स्थानिय निकाएको उपप्रमुख , कर्मचारी लगाएत १५८ जनाको ज्यान गयो भने हजारौं घरहरू ध्वस्त भए ।
३. भुकम्प गएको सात दिनमा अर्थात कार्तिक २४ गते अखिल नेपाल महिला सध समाजवादी का केन्द्रिय अध्यक्ष पार्टीका उपाध्यक्ष तथा राष्टीय सभा सदस्य माननिय क जयन्ती राईको नेत्तृत्वमा अनेम संघका महासचिब तथा बागमती प्रदेस सभासद माननिय रमा आले, अनेम संघ केन्द्रिय सचिव द्वय क. मिना ज्ञावली एवं क. पार्वति बिसुंखे र अनेमसंघ केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सभासद मा. भगवती अधिकारी घिमिरे सहितको ५ सदस्यीय महिलाहरूको टोली सुत्केरी महिला लक्षित राहात सामाग्री लिेएर जाजरकोट तर्फ प्रस्थान गर्यौं ।
४. हाम्रो टोली २५ गते बिहान जाजरकोट पुग्यौं । नेकपा (एकीकृत समाजवादी) का जाजरकोटका जिल्ला पार्टि अध्यक्ष कार्कि को अगुवाईमा आठबिसकोट पुग्यौं । जाजरकोटका पार्टि अध्यक्ष, रूकुम पश्चिमकी कर्णाली प्रदेश सभासद मा. कल्याणी ज्यू र आठबिसकोटकी अनेमसंघकी अध्यक्ष सहित आठबिसकोट पुगेर भुकम्प प्रभावित सुत्केरीहरूलाई राहात बितरण गरियो ।
५. जाजरकोट पश्चात हामी रूकुम पश्चिम पुग्यौं । पुर्वसभासद, पार्टिका पदाधिकारीहरू र अनेमसंगका पदाधिकारीहरू संग भेटघाट गर्यौं । भुकम्प प्रभावित क्षेत्रका सुत्केरी महिलाहरूलाई सुत्केरी लक्षित राहात सामाग्री बितरण गरियौं ।
६. बितरण गर्ने राहात सामाग्रीहरू अनिवार्य रूपमा सिडियो कार्यालयमा दर्ता गराउनु पर्दछ । जस्ले गर्दा राहात सामाग्री कस्ले कुन कुन सामान के कति मात्रामा बितरण गरे वा हस्तान्तरण गरे रेकर्ड रहने गरेको छ ।
७. राहात सामाग्रीहरू वार्ड कार्यालयबाट मात्र बितरण गर्ने गरिन्छ ।

प्रभावित क्षेत्रमा पुग्दा के देखियो ?

८. नयॅा र पक्कि घरमा कुनै क्षेति नपुगेको तर पुराना ढुंगामाटोले बनाएका , ढुंगाको छानो भएका सम्पुर्ण घर पुर्ण रूपमा ध्वस्त भएको देखियो । जाने ब्यक्ति त गई हाले तर जति घर ध्वस्त भए ति घर भत्काएर बनाउनै पर्ने खालका रहेछन् के गर्नु प्रकृतिले नै भत्काई दियो ।
९. भुकम्प पश्चात उद्वार कार्य द्रुत गतिमा भएको र बिपतमा परेका धेरै जनालाई जिउदै निकालेर उपचार भयो तर स्थानिय निकायकी उपप्रमुख केही कार्यक्रममा सहभागी हुन आफन्तको घरमा आउनु भएको रहेछ । यो कुरा अन्यलाई थाहा भएन उनी भुई तलामा सुतेकी थिईन फलस्वरूप उनको खोजी चाडै हुन सकेन । ढिला हॅुदा उनको निधन भैसकेको कुरा दिदीबहिनीको मुखबाट सुनियो । सोही घरमा माथिल्लो तलामा सुतेकी महिला सिरकले छोपिएर बसिछन् उद्वार पछि जिउदै निकालेछन् ।
१०. राहात सामाग्री बोकेका ट्रकहरू , साना गाडीहरू बाटा भरी लाईनबद्व देखिन्थे । चाीनाबाट आएका , भारतबाट आएका, भाटभटेनीबाट आएका र अन्य संघसंस्थाबाट आएका राहातका गाडीहरू बाटो बाटोमा देकिन्थे ।
११. राहात सामाग्री यति धेरै आएका छन् की बेलुका ७ बजे सम्म बाडिरहदा पनि बितरण गर्न र स्टोर गर्न नसकिएको देखियो । राहात सामानहरू राम्रा राम्रा ब्यांल्यांकेट, बाक्ला बाक्ला काला म्याट्रेस, २५ केजीका दाल चामलका बोरा , बच्चा देखि सुत्केरी, बृद्व सम्मका खाने बस्तु, लगाउने र ओड्ने कपडा, टेन्ट आदी रहेको देखियो ।
१२. बिपतमा परेका ब्यक्तिहरू संगै रहेको तर कत्ति क्षेति नपुगेको घरमा आश्रय नलिएको । त्यसमा आश्रय लिदा राहात लिन अप्ठ्यारो हुन सक्थ्यो ।
१३. काखमा बच्चा लिएका धेरै जसो सुत्केरी महिला १६-१७ देखि २० बर्ष का जस्ता देखिन्थे ।
१७. बुटवल देखि सुर्खेतको छिन्चु सम्मको बाटो केही बिग्रेको भए पनि छिन्चु देखि जाजरकोट सम्मको बाटो राम्रो लाग्यो । जाजरकोट देखि रूकुम पश्चिम सम्मको बाटो अलि कमसल लाग्यो । बाटो भने प्राय गाउॅ गाउॅ सम्म पुगेको देखियो ।
१८. अपेक्षाकृत रूकुम पश्चिम दुर्गम भएर होला पत्रकार देखिएनन् ।
१९. जाजरकोटको माथी रहेको दर्बार र अन्य सरकारी कार्यालयहरू पनि पुर्ण क्षति भएको र केही कर्मचारीहरूले पनि ज्यान गुमाएको पाईयो । ब्यक्तिगत घरहरू रूकुममा भन्दा जाजरकोटमा निकै अग्ला र पक्कि रहेछन् ।कुनै कुनै ६ तला सम्मका घर पनि छन् तर भुकम्पले केही गरेन ।
२०. हामीले राहात पाएनौं कोही आएन भनेर गुनासो र दुखेसो कसैबाट सुनिेएन ।
२१. अनुगमन मुल्याॅकन गर्न ने.का. एमाले, माओबादी, नेकपा एस, जनमोर्चा लगाएत सबै पार्टिका नेता कार्यकर्ता पुगेको बुझियो ।
२२. यो बिपतमा ज्यान गुमाएकाहरू प्रति भावपुर्ण श्रद्वान्जली अर्पण गर्दछौं यो ठुलो मानबिय क्षेति हो साथै यस घडिमा सरकारले बिभिन्न सहयोग लिई अपेक्षाकृत सुरक्षित स्थान निश्चित गरी सबैलाई भुकम्प प्रुफ पक्कि घर निर्माण गरी शोक र क्षतिलाई अवसरमा बदल्न सुझाव दिन चाहान्छौं ।     प्रभावित क्षेत्रका केहि तस्बिर हरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै