९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

नेपाली अर्थतन्त्रको सरचनागत विकास हुन सकेन नेपाली

Workplace

अनिल नेपाली अर्घाखाँची  नेपाली अर्थतन्त्रको सरचनागत विकास हुन नसकेको युएनका आर्थिक सल्लाहकार सुवास नेपालीले बताउनु भएको छ ।नालिबेलि मिडिया प्रा लि अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको शुभ दिपावली नेपाल सम्बत छठ पर्बको पावन अबसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्तब्य राख्दै नेपालीले यस्तो बताउनुभएको हो । नेपालीले नेपालको अर्थतन्त्रमा लामो समयदेखि नै केही संरचनात्मक समस्याहरू छन्। ती संरचनात्मक समस्या हाम्रो उत्पादनको प्रणालीबाट सिर्जिएका हुन्। उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, निर्माण सामग्री, प्राविधिक ज्ञान, परामर्श सेवा, मेसिन लगायतदेखि कृषि उत्पादनमा सबै आयात हुन्छ। अरू सेवा क्षेत्रहरूमा पनि आयात छँदैछ। यी सबै क्षेत्रमा आर्थिक उत्पादन वृद्धि गर्दा आयात पनि बढाउनु पर्ने अवस्थामा देश रहेको मा जोड दिदै देशलाई उत्पादन मुलक क्षेत्रमा लगानी गरी देशको अर्थतन्त्रको सरचनागन विकासमा लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपालीले नेपाल विकसित देशमा विकास हुने सम्भावना रहेको बताउदै देश विकासको लागि उत्पादनमूलक क्षेत्रमा लगानि को आबश्यकता रहेकोमा जोड दिदै अर्थतन्त्रको समुचित विकासका लागि दिर्घकालिन श्रोतको समेत आबश्यक रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका प्रभुद्व व्यत्तिहरूले अर्थतन्त्रको समुचित विकासका लागि सबैले आफ्नो आफ्नो ठाउँबाट आवाज बुलन्द गनुपर्ने बताएका थिए कार्यक्रम पत्रकार अनिल नेपालीको सहजीकरणमा सम्पन्न भएको थियो कार्यक्रममा पत्रकार महासघका अध्यक्ष अशोक खनाल आधिकारिक टे«ड युनियनका अध्यक्ष कृष्ण बर्मा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै