९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

नेकपा (एस) धन्चौरको बैठक सम्पन्न: रुद्र गैरेले एमाले परित्याग गरि समाजबादी प्रवेश

Workplace

हृदय भुसाल अर्घाखाँची   नेकपा (एकीकृत समाजबादी ) भुमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौर वडा कमिटीको बिस्तारित बैठक  सम्पन्न भएको  छ । बैठक कमिटीका अध्यक्ष  शुभ समालको अध्यक्षता,पार्टी लुम्बिनी प्रदेश कमिटी सचीवालय सदस्य तारापति भट्टराईको प्रमुख  आथित्यता र सचीव  नवीन घ. म. को संचालन सम्पन्न भएको छ । बैठकले आउदै गरेको महान पर्व शुभ दिपावलि तथा छ्टको अबसरमा  शुभकामना आदानप्रदान गर्नुका साथै देश तथा बिदेशमा  रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा ,दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक  शुभकामना व्यक्त गरेको छ ।  बिस्तारित बैठकले  पार्टीका शुभचिन्तक भु.न.पा. १० पैयापाटा निबासी समीर नेपाली र भु.न.पा. १० लक्ष्मीडाडा निबासी  इन्द्रकला गुरुङको अप्रत्याशित घटना प्रती शोक प्रस्ताव पारित गरि मृतक द्व्य प्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घरपरीवारमा  समबेदना प्रकट व्यक्त गरेको छ   । बैठकमा नेकपा (एमाले ) परित्याग गरि भु.न.पा १० पुत्के निबासी  रुद्र प्रसाद गैरेका स-परिवार लाई  पार्टी नेकपा (एकीकृत समाजबादी ) मा बैठकका प्रमुख अतिथि कमरेड तारापती भट्टराई द्वारा स्वागत स्वागत सगै बैठकले महत्त्वपूर्ण निर्णय गरेको सचीव नवीन घमले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (29%)
  • दुःखी (0%)
  • अचम्मित (6%)
  • हाँस्यास्पद (59%)
  • आक्रोशित (6%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै