जाजरकोट भूकम्प : ६२ हजारभन्दा बढी परिवार घरबासविहीन

काठमाण्डाै – गएको शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण ६२ हजार १२ परिवार घरबासविहीन भएका छन् ।

गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १३ वटा जिल्लामा गरी २६ हजार पाँच सय ५७ घर पूर्णरूपमा र ३५ हजार चार सय ५५ घर आंशिकरूपमा भत्किएका हुन् । सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार पाँच सय ७० घर पूर्ण र नौ हजार नाै सय ६१ घर आंशिकरूपमा भत्किएका छन् ।

यस्तै जाजरकोटमा नौ हजार सात सय ९४ घर पूर्ण र २४ हजार सात सय सात घर आंशिकरूपमा भत्किएका छन् । सल्यानमा एक सय ५१ घर पूर्ण र पाँच सय १२ घर आंशिकरूपमा भत्किएका छन् । यसैगरी रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा पनि घर भत्किएका छन् ।

भूकम्पका कारण जाजरकोटमा एक सय एक जना र रुकुम पश्चिममा ५३ जना गरी एक सय ५४ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पका कारण तीन सय ६३ जना घाइते भएका छन् । घाइतेहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

- Advertisement -spot_img
-Advertisement-spot_img