८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

नवीनतम सोचलाई १ करोड ४० लाख रुपैयाँ लगानी

Workplace

काठमाण्डाै – काठमाडौ विश्वविद्यालय (केयू) ले नवीनतम सोच भएका परियोजनाका लागि १ करोड ४० लाख रुपैयाँ लगानी गर्ने भएको छ । केयूले स्थापना गरेको इन्कुबेशन सेन्टर र नर्वे सरकार सहयोगको
इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रवर्द्धनका लागि लगानी गर्ने भएको हो ।

नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रमअन्तर्गत इनरजाइज नेपालले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई (इनोभेटिभ आइडिया) व्यापारमा परिणत गर्न उपलब्ध गराइने छ र यसअन्तर्गत सबै नेपालीले आवेदन दिन सकिने छ भने एक करोड ऊर्जालगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न उपलब्ध गराइने छ ।

यसअन्तर्गत आवेदकहरू केयूसँग आबद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारीलगायतले मात्र आवेदन दिन पाउने छन् । केयूका अनुसार प्रत्येक नवीनत्तम सोचलाई पाँच लाख गरी २८ वटा नवीनतम सोचले परियोजनाबाट सहायता पाउनेछन् । कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइल नेपालले केयुलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको हो ।                                     मङ्गलवारदेखि लगानीका लागि आवेदन दिन सकिने र आउँदाे डिसेम्बर ३१ तारिखसम्मका लागि आवेदन दिन समय राखिए पनि निवेदन दिएपछि दुई हप्ताभित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिनुभयाे । ‘नवीनतम सोचमा आधारित व्यापार र व्यवसायको प्रवर्द्धन गर्ने, यसमार्फत रोजगारी सिर्जना गर्ने र विद्यार्थीदेखि लगानी गर्न चाहानेहरूसम्मका लागि अवसर सिर्जना गरी देशको अर्थतन्त्रमा योगदान दिने उद्देश्यसहित कार्यक्रम शुरु गरेका हौँ’, उहाँले भन्नुभयाे, ‘लगानीयोग्य प्रस्तावको मूल्याङ्कन दुई हप्ताभित्र भएर उनीहरूको सोचको परियोजना लगानीयोग्य भए तुरुन्तै सहायता पाउनेछन् ।’

प्रस्तावित परियोजना लगानीयोग्य नभएमा उनीहरूलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिनुभयाे ।

केयूले प्रस्ताव आएपछिको मूल्याङ्कन गरी निर्णयका लागि तीन सदस्यीय समितिसमेत गठन गरेको छ । केयू अन्तर्गत इकुबेशन सेन्टरले १०, इनरजाइज नेपालले आठ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीनतम साेचलाई लगानी गरिसकेको छ । विशेषगरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरूले लगानी गरेका छन् । इनरजाइज नेपालका अनुसार यस आयोजनामार्फत दुई सयभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरूपमा रोजगारी पाइसकेका छन् ।

लगानी गरेको रकमबाट आएको मुनाफालाई फेरि नवीनतम सोचमा आधारित लगानी गर्ने गरी कार्यक्रम अघि बढेको प्रबन्धक थापाले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै