नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

काठमाण्डाै – नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित भएका मनोचिकित्सकहरूले बताएका छन् । आज मङ्गलवारदेखि काठमाण्डाैमा शुरु भएको १४ औँ सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरूले याे जानकारी दिएका हुन् ।

मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेको बताउनु भयो । उहाँले नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित रहेका बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले समग्र स्थिति हेर्दा विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेका छन् । धेरैजसो यो सङ्ख्या विकासोन्मुख देशहरूमा छ । नेपालको अवस्था हेर्दा झन्डै ९० प्रतिशत मानसिक राेगी उपचारबाट वञ्चित छन् । सार्कमा समग्रमा विकासोन्मुख देशको अवस्था उस्तै रहेको छ । आत्महत्याको तथ्याङ्क हेर्दा एसियामा जनसङ्ख्याको हिसाबले भारतमा सबैभन्दा धेरै छ ।’

सम्मेलनमा मनोचिकित्सक डा. सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा जाेड दिनुभयाे । उहाँले आत्महत्या रोकथामका लागि राज्यले जनमानसमा जनचेतना फैलाउने तथा पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको बताउनुभयो ।

सम्मेलन भाेलि बुधवारसम्म चल्नेछ । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याबाट बेहाेर्नुपरेको क्षति, उपचारकाे उपायका बारेमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आफन्त र केही गीत

अण्डाको भाउ फेरि बढ्न थाल्यो : तर अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो

कोलकाताबाट पहिलो पटक ‘कार्गो रेल’ विराटनगर आइपुग्यो

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

वाईवाईसहित चार ब्रान्डका चाउचाउ बिक्री-वितरणमा रोक, बजारबाट फिर्ता गर्न आदेश

- Advertisement -spot_img
-Advertisement-spot_img