९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

जाजरकाेट भूकम्प : झन्डै ३८ सय घरमा क्षति, ९ सय ३७ वटा पूर्ण क्षति

Workplace

काठमाण्डाै – जाजरकोट भूकम्पमा विभिन्न जिल्लामा झन्डै ३८ सय वटा घरमा क्षति पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पूर्ण र आशिंक गरेर ३८ सय वटाभन्दा धेरै घरमा क्षति पुगेको हो ।

भूकम्पमा नाै सय ३७ वटा घर पूर्णरूपमा क्षति भएको छ भने दुई हजार नाै सय ५४ वटा घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ । सबैभन्दा धेरै जाजरकोटमा नाै सय पाँच वटा घर पूर्णरूपमा भत्किएका छन् ।

भूकम्पमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् ।

गएकाे शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै