
गोपाल प्रसाद भट्टराई,अर्घाखाँची
गत शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर आएको भु–कम्पले पुर्याएको क्षतिप्रति राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले दुःख व्यक्त गरेको छ । ठुलो मानविय तथा भौतिक क्षति भएको यो घटनाले आफुहरुलाई स्तब्ध बनाएको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले विज्ञप्ती मार्फत दुःख व्यक्त गरेको हो । यहि कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त घटनामा परि जाजरकोट र रुकुम पश्चिममा गरि १ सय ५७ जनाले ज्यान गुमाएका छन् भने २ सय बढि व्यक्ति घाइते भएका छन् । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ – “भूकम्पमा परी ज्यान गुमाउनु हुने मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौँ । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । घाइतेहरुको तिव्र उद्धार र उपचारमा ध्यान दिन तथा भूकम्प पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । त्यसका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । प्राकृतिक बिपतको पूर्व अनुमान गर्न नसक्दा पटक–पटक धनजनको क्षति हुने गरेको छ । त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।”