२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

कालीका नेरा माबी खन द्वारा शिक्षक बिद्यार्थीहरूका लागी तालीम

Workplace

हृदय भुसाल अर्घाखाँची                                                  श्री कालिका नेरा मा.बि., मालारानी-४, खन लुटिपाेखरीले आयाेजना गरेकाे ३ दिने शिक्षक बिद्यार्थीहरूका लागि सांगीतिक ब्यायाम (पि.टी.) एवम् प्रार्थना ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एबम गाउँपालिका कार्यबाहक उपाध्यक्ष दिपा पोख्रेलले तालीमले शिक्षक विद्यार्थीहरुमा सीप बिकासका साथै शैक्षिक गुणस्तर बिकासमा महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो । समापन समारोहमा बिद्यार्थी सहित अभिभावककाे समेत उपस्थिती रहेको थियाे । विद्यार्थीलाई शैक्षिक वातावरण प्रदानकाे लागि अभिभावकले खेल्नुपर्ने भुमिकाकाे बारेमा समेत प्रशिक्षित गरिएको थियाे । कालिका मानव ज्ञान मा.बि. बुटवलका शिक्षक हरिस ओलीले तालिमकाे सहजिकरण गर्नुभएको थियाे ।

कार्यक्रममा मालारानी गाउँपालिकाका कार्यवाहक अध्यक्ष दीपा पाेख्रेल, शिक्षा शाखा प्रमुख रमेश पन्थी, मालारानी-४ का जनप्रतिनिधि, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, वडा भित्रका फिडर बिद्यालयका शिक्षकहरू लगायतकाे उपस्थिति रहेकाे थियाे । उत्प्रेरणामुलक यस कार्यक्रमले बिद्यार्थीकाे वालमनाेविज्ञानमा सकरात्मक साेंच, अनुशासन साथै शैक्षिक स्तर सुधारमा सकरात्मक याेगदान पुराउनेमा बिश्वास गर्न सकिने बताईएको छ । तालीमले शिक्षक विद्यार्थी मा थप उर्जा थपेको मालारानी गाउँ कार्यपालिका सदस्य लिल बहादुर बिकले बताउनु भयो ।

कार्यक्रम जिसस सदस्य टुल्कादेबी आचार्य, बडा अध्यक्ष बिष्णु प्रसाद पाेख्रेल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाराम खनाल, पूर्व अध्यक्ष बालकृष्ण आचार्य, लगायतकाे उपस्थिति अध्यक्षता बिद्यालयका प्र.अ. भुवन प्रसाद खनाल, संचालन शिक्षक माधव भुसाल र स्वागत मन्तब्य सहायक प्र.अ. सूर्यकुमार खनालले राख्नुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै