८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो तानसेनमा हुँर्दै

Workplace

पदम गैरे पाल्पा । कार्तिक १७ र १८ गते दोस्रो प्रोफेशनल लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता तानसेनको टुंडिखेलमा हुने भएको छ । पाल्पा आइटीएफ तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगिता तानसेन १ गैरागाउँ निवासी स्वर्गीय रिता र अनिल कार्कीको स्मृतिमा हुन लागेको हो ।

प्रतियोगिताका विषयमा जानकारी दिन मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाको समन्वयमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराइएको छ ।

लुम्विनी प्रदेशका १२ जिल्लाबाट प्रति जिल्ला २ महिला २ पुरुष गरी ४ जना खेलाडी, तिन विभागीय टोली र आयोजक टोली गरी ६४ जना खेलाडीहरुको प्रतियोगितामा प्रतिस्प्रर्धा हुने संघका अध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा महिला तर्फ ४६ केजी देखि ५२ केजीसम्म र पुरुषतर्फ ४९ केजीदेखि ५५ केजी तौलसम्मका खेलाडीहरु बिच एकल स्पाइरिङ्गमा प्रतिस्प्रर्धा हुने बताउनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार विजेता पुरुष र महिलाले ३०÷३० हजार नगद, प्रमाण पत्र गोल्ड मेडल प्राप्त गर्ने छन् । यस्तैगरी दोस्रो हुनेले २०÷२० हजार नगद, प्रमाण पत्र र रजत पदक प्राप्त गर्नेछन भने तेस्रो हुनेले १०÷१० हजार नगद, प्रमाण पत्र र कास्य पदक प्राप्त गर्ने संघका अध्यक्ष सारुले जानकारी दिए ।
प्रतियोगिता संचालनको लागि करिब साढे ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आर्थिक व्यवस्थापनका लागि स्थानीय सरकारहरुसंग सहयोगको अपील गरिएको आइटीफका पूर्व खेलाडी तथा संघका सल्लाहकार देव पचभैयाले जानकारी गराउनुभयो । उहाँले पाल्पाको आइटीएफले जिल्लामा खेल क्षेत्रको विकाससंगै राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल्डमेडल जित्न सफल धेरै खेलाडी उत्पादन गर्दै आएको भएपनि आवश्यकता अनुसार स्थानीय सरकारबाट सहयोग नपाएको गुनासो गर्नुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पछिल्लो समय पाल्पामा आइटीटएफ खेलप्रति युवा तथा बालबालिकाको आकर्षण बढ्दो रहेको बताउनुभयो । उहाँले विद्यालयहरुमा आइटीएफ डोजाङ्गहरु निर्माण भइरहेको, जिल्लामा अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल विजेता खेलाडीहरु रहेकोले पाल्पालाई राष्ट्रिय खेलाडी उत्पादन गर्ने जिल्लाको रुपमा परिचित गराउन सबैपक्षबाट आवश्यक सहयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यलाई समेत फाइदा गर्ने भएकोले खेल क्षेत्रको विकासका लागि सबैपक्ष जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आइटीएफकी पूर्व राष्ट्रिय खेलाडी आयुसा कार्कीले अभिभावकको स्मृतिमा प्रतियोगिता आयोजना गरेकोमा संघप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले जिल्लाको आइटीएफ खेलको विकासका लागि आफू विदेशीभूमि भएपनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको खेलकुद विकासका लागि सबै सरोकारवालहरुले योजनाबद्ध रुपमा काम गर्दा खेलाडीको भविष्य सुरक्षित हुनुका साथै खेलकुद प्रति नयाँ पुस्ताको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
संघले स्थापनाकालदेखि नै नियमित रुपमा जिल्ला, क्षेत्रिय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । पाल्पामा अहिले विभिन्न १४ वटा डोजाङ्गमा बरिव एक हजार बढी खेलाडी आबद्ध रहेर नियमित रुपमा आइटीएफका खेलहरु संचालन हुदै आएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै