अर्घाखाँचीः शितगंगाका सात सय घरधुरीमा टिनको छाना लगाईने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका अझै सम्म पनि खरको छाना मुक्त हुन सकेको छैन् । शितगंगा भौगोलिक हिसाबले देशकै सबैभन्दा ठुलो नगरपालिका हो । यहाँका बिकट बस्तीहरु जलुके, सियाला, सिद्धारा, कमलकोट र लौरीमा अझै पनि खरको छाना रहेको छ । स्थानिय सरकारले ५ वर्ष अघिदेखि नै खरको छाना मुक्त गर्ने घोषण गरेपनि त्यो नारा र घोषणामा सिमित देखिन्छ ।

शितगंगाका सात सय घरधुरीमा टिनको छाना लगाईने भएको छ । नगरपालिकाको प्रारम्भिक विवरण अनुसार ७ सय घरधुरी नै खरको छाना मुक्त हुन बाँकी रहेका छन् । सोही अनुरुप शहरि बिकास मन्त्री मेटमणी चौधरीका स्वकीय सचिव नारायण शर्माको पहलमा शहरि बिकास मन्त्रालयबाट सात सय घरधुरीमा टिनको छाना लगाईने भएको शर्माले प्रेस लुम्बिनी डटकमलाई जानकारी दिए ।

प्रदेश सरकार र स्थानिय सरकारले बजेट बिनियोजन गरेर काम गरिरहे पनि २ बर्ष सम्म ठेक्कानै नभए पछि खरको छानाभएका नागरिक निरास थिए । अहिले फेरी सात सय घरधुरीले टिन पाउने खबरले नागरिक खुसी देखिन्छन् ।

शहरी विकास मन्त्रलायबाट शितगंगाका ७ सय घरधुरी, सन्धिखर्कका ६ सय घरधुरी र भुमिकास्थान नगरपालिकाका २५० घरधुरीलाई जस्तापाता दिने निर्णय भएको स्वकीय सचिव शर्माले जानकारी दिए । उनले शितगंगा नगरपालिकाकै प्रमुख सडक अमराइ–जुकेना–लामाताल सडकको स्तरोन्तीको लागि बजेट बिनियोजन भएको जानकारी दिदै छिट्टै ठेक्का प्रक्रियामा जाने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै