१६ बैशाख २०८२, मंगलबार
१६ बैशाख २०८२, मंगलबार

पाणिनिको हरिहर संस्कृत तथा साधारण मावीको ८६औ वार्षिकोत्सव सम्पन्न

२९ मंसिर, डिआरजी सुमन / सुवास गौतम अर्घाखाँची । पाणिनि गाँउ पालिका स्थित लुम्बिनी प्रदेशको मात्र नभई नेपाल कै महत्वपूर्ण मानिएको त्रिधार विद्यालयको रुपमा स्थापित पाणिन तपोभूमि निकटतम क्षेत्रमा अवस्थित हरिहर संस्कृत तथा साधारण मावि पोखराथोकको १२२ औँ हरिहर जयन्ती तथा ८६ औँ विद्यालय वार्षिकोत्सब तथा अभिभावक भेलाको समापन समारोह विहिवार सम्पन्न भएको छ ।

देशकै एक नमूना विद्यालयको रुपमा रहेको यस विद्यालयका त्रिधार अन्तर्गत हरिहर संस्कृत तथा साधारण माविमा प्राविधिक तर्फ कृषि वालि विज्ञान, संस्कृत तथा कम्प्युटर सँगै साधारण माविको रूपमा सञ्चालन भएको हुदैँ आएको छ । आधुनिक भवन र आर्थिक रुपमा सम्पन्न विद्यालयमा अभिभावक शिक्षक कर्मचारी विचको सम्बन्धमा खासै राम्रो समन्वय नभएको वार्षिकोत्सव समारोहमा वोल्ने वक्ताहरुको अभिव्यक्तिले संकेत गरिरहेको थियो ।

पाणिनि गाउँपालिकाका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख तेजबहादुर खनालको प्रमुख आथित्यता,पाणिनि गाँउ पालिका वडा नं २ अध्यक्ष चन्द्रकान्ता पौडेलको अध्यक्षता शिक्षक कृष्ण प्रसाद घिमिरेको संचालनमा समपन्न भएको थियो । पाणिनि गाँउ पालिका वडा नं २,पोखराथोक स्थित हरिहर विद्यालय प्रांगणमा आयोजित वार्षिकोत्सबको समापन समारोहमा विद्यालयका विद्यार्थी,शिक्षक कर्मचारी र अभिभावक विच तीन दिन सम्म विविध कार्यक्रम संचालन भएकोमा अन्तिम दिन आज घैटोफोड खेल संचलन भएको थियो ।

हरिहर संस्कृत तथा साधारण मावीको ८६ औँ वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पोख्रेलले विद्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । विद्यालयका सहायक अर्जुन थापाले विद्यालय परिवारको तर्फवाट अथितीलाई स्वागत मन्तव्य दिनु भएको हो । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थी २९सम्मान,शिक्षक सम्मान लगायतको कार्यक्रम सम्पन्न भएका छन । आज विदाई तथा अभिनंदन हुने शिक्षकहरुमा भोजराज पौडेल,सुभाष गौतम,कमला वेल्वासे,निराजन रसाईली लगायत रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै