हृदय भुसाल अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको आ.व.(२०७९÷०८०) को प्रथम चौमासिक सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिहिवार नगरपालिकाको सभाहलमा आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा उठेका सुझाव,जिज्ञासा र प्रश्नको जबाफ दिदै नगरप्रमुख झबिलाल थापाले सुशासनमैत्री नगरपालिका बनाउदै बिकास र समृद्धिको यात्रा लाई सबै पक्ष मिलेर अगाडी बढाउने बताउनु भयो । प्रमुख थापाले पन्च बर्शिय योजना बनाई बिकासको कामलाई तीब्र गतिका साथ अगाडी बढाउने भन्दै गुणस्तरिय काम गरि दीगो बिकासमा ध्यान दिने बताउनु भयो । प्रमुख थापाले समग्र नगरको बिकासका लागि र सेबा प्रबाहको काममा जनताको आबश्यकता र मागका आधारमा योजना र कार्यक्रम हरु लाई अगाडी बढाउने बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेलले सेबाग्राहि लाई केन्द्र भागमा राखेर छिटो,छरितो,चुस्त दुस्त सेबा प्रबाह गरिने बताउनु भयो । जनताका काम र दैनिक रुपमा कार्यालय बाट प्रधान गरिने सेबालाई प्राविधिमैत्री बनाउने भन्दै आएका गुनासो र सुझाव लाई ग्रहण गरेर अगाडी बढने बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासघका जिल्ला सहसचीव हृदय कुमार भुसाल लगायतले मनतब्य राख्नु भयोको थियो ।
सार्बजनिक सुनुवाईको सहजीकरण शैक्षिक तथा सामुदायिक परामर्श केन्द्र अर्घाखाँचीका सुरुज सारु र धर्म भुसालले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण गर्दै सुरज सारुले १०३ जना सेबाग्राही बाट गरेको नागरिक अभिमत पत्र र बहिर्गमनपत्र बाट आएको नगरको सेवा प्रबाहको बारेमा नागरिकको धारणा प्रस्तुतलाई गर्नु भएको थियो ।
कार्यक्रम सरोकारवालाको सहभागी रहेको थियो । यता प्रगति समिक्षा कार्यक्रममा नगरभित्रका विभिन्न बिषयगत कार्यालय, १० वटै वाडका तर्फबाट वाड सचीवले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
भुमिकास्थान चालु आर्थिक बर्षका जम्मा २०८ योजना रहेको जस मध्ये १४९ योजना सम्झौता भएको र ११ योजना टेन्डर प्रक्रिया बाट अगाडी बढेको र ४८ योजना सम्झौता गर्न बाकी रहेको र २ वटा योजनाको भुक्तानी समेत भएको योजना शाखा प्रमुख हरिशचन्द्र भुसालले जानकारी दिनु भयो । चालु आबमा ५ वटा नगरकार्यपालिका बैठक बाट ४० वटा महत्त्वपूर्ण प्रस्ताव हरु माथी निर्णय भएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको संचालन शेषकान्त घिमिरे ओसनले गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासघका जिल्ला सदस्य द्वय गोपाल भट्टराई जितेन्द्र खत्री सबै वाडका वाड अध्यक्ष र कार्यापालिका सदस्य हरुको आथिथ्यता रहेको थियो ।