२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

मालारानी गाउँपालिकाले दिर्घ रोगीलाई निःशुल्क औषधी उपलब्ध गराउने

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले दिर्घ रोगीलाई निःशुल्क औषधी उपलब्ध गराउने भएको छ । सोमबार मालारानी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले पदभार ग्रहण गर्ने क्रममा मालारानीका निर्वाचित अध्यक्ष दल बहादुर भट्टराईले दिर्घ रोगी जस्तैः सुगर, प्रेसर, दम लगायतका बिरामीहरुलाई डाक्टरको सिफारिस अनुसार पालिका भित्रका सबै स्वास्थ्य सस्थाबाट निशुल्क रुपमा औषधी उपलब्ध गराउने पहिलो निर्णय गरेको जानकारी दिए । यस्तै उनले मालारानी गाउाँपालिकामा भष्ट्रचार शुन्य गरिने बताउदै शिक्षा, स्वास्थ्य, रोजगार, कृषिलाई प्राथमिकता दिएर काम गर्ने बताए । उनले भने ‘हिजो हामी कुनै पार्टीका प्रतिनिधी भएपनि अब हामी जनताका जनप्रतिनिधी हौं हामीले मालारानीका सबै जनतालाई सम्मान सेवा दिने छौं । जनप्रतिनिधी शासक होइन जनताका सेवक हुन भन्ने आभास दिलाउने छौं’

सोमबार मालारानी गाउँपालिकाका नबनिर्बाचित अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुले सपथ ग्रहण गरेका थिए । यसैबिच पुर्व जनप्रतिनिधीहरुलाई बिदाइ समेत गरिेएको थियो । मालारानी गाउँपालिकाका पुर्ब अध्यक्ष बालकृष्ण आचार्य र पुर्ब उपाध्यक्ष प्रमिला क्षेत्रीले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै