१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

नेकपा एमालेलेे संसद अवरोध गर्नु गलत हो: मन्त्री शर्मा

Workplace

अर्घाखाँची । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले नेकपा एमालेले प्रदेशको संसद पटकपटक अवरोध गर्नु गलत भएको बताएका छन्। सनिवार अर्घाखाँचीको नरपानीमा रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशद्वारा आयोजित जनसरोकारका विषयमा लुम्बिनी प्रदेश सरकार र संचारकर्मी बिच छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । नेकपा एमाले संसद चल्दा नारावाजीमै व्यस्त र अन्य समय गाउँ गाउँ मै कमिटी गठनमा व्यस्त रहेको अारोप लगाए । उनले प्रदेश सरकारले स्वास्थ, शिक्षा, कृषि, पर्यटन लगायतका विषयमा धेरै काम गरेको जानकारी दिए । यस्तै मन्त्री शर्माले अहिलेको सरकारले पहिलेको सरकारले जुन बनाएको थियो त्यसैको आधारमा नै बजेट बनाएको बताए । मन्त्री शर्माले प्रदेश सरकार मिडिया प्रति सकारात्मक रहेको बताउदै ९ सय बढी पत्रकारको लागि ७ लाख बराबरको दुर्घटना बिमा गरिएको समेत जानकारी दिए ।

प्रदेश सांसद रामजी घिमिरेले संसद अवरोध गठबन्धन कै कारणले भएको अारोप लगाए । कारबाही गरेका सांसदलाई सभामुखले कारबाही नगरेकोले संसद अबरोध भएको बताए ।

यस्तै रुपन्देहीमा रहेर खोजपत्रकारीता गदै आएका बिबिसी नेपालीका रिपोर्टर माधव नेपालले प्रदेश सरकारको गराई र भनाईमा धेरै भिन्नता रहेको बताएका थिए । अहिलेको समयमा मिडिया संचालकले कर्मचारीलाई कसरी तलब व्यवस्थापन गर्ने चिन्ता बढ्दै गएको छ भने त्यसमा बिचैलियाको चलखेल यो समस्या जटिल बन्दै गएको बताए ।

वरिष्ठ पत्रकार विष्णु भुसालले पत्रकारको क्षमता दक्षताको स्तर बढाउनको लागि प्रदेश सरकारले कार्यक्रम ल्याएमा मात्र दक्षजनशक्ती उत्पादन गर्न सकिने बताए ।

कार्यक्रममा युवराज कंडेलले कार्यपत्र पेश गरेका थिए । यस्तै अन्य क्रियाशिल पत्रकारले तयार पारेको पत्रकार र मिडिया संचालनको लागि थप व्यवस्थापनको लागि प्रदेश सरकार लाई समस्या सुनुवाई सहित सम्बोधनको लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मालाई आग्रह गरिएको थियो । यस विषयमा आफु चनाखो भएर लाग्ने समेत मन्त्री शर्माले बताएका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं, पत्रकार महासंघका अर्घाखाँचीका जिल्ला कोषाध्यक्ष रुन्द्रमणी भुसाल लगायतले मन्तव्य राखेको कार्यक्रम बिमल पुरीको संचालन रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै