२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

थप ६ हजार ८ सय २७ जनामा काेराेना पुष्टि

Workplace

१४ माघ, काठमाण्डाै – पछिल्लाे २४ घण्टामा नेपालमा ६ हजार आठ सय २७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाकाे नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै थप पाँच हजार चार सय ३२ जना निकाे भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या आठ लाख ४२ हजार चार सय ३६ पुगेकाे छ । नेपालमा अहिले ८९ हजार नाै सय ४१ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेकाे छन् ।

२४ घण्टामा १० जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ९७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

यसैबीच २४ घण्टामा एक लाख २८ हजार ६ सय ६३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड ६ लाख ४ हजार १ सय ५२ मात्रा खोपको प्रयोग भएकाे छ । यसमा एक करोड ६४ लाख ७४ हजार पाँच सय १४ जनाले पहिलो मात्रा र एक करोड ३८ लाख ३३ हजार ६ सय २९ जनाले पूर्ण मात्रा र दुई लाख ९६ हजार नाै जनाले अतिरिक्त खोप लगाएका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै