६ जेष्ठ २०८१, आइतवार
६ जेष्ठ २०८१, आइतवार

ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा कष्ण बर्मा निर्वाचित

Workplace

१२ माघ, सुर्य भुसाल अर्घाखाँची । कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा कृष्ण बर्मा निर्वाचित हुनु भएको छ बर्माले एक भब्य कार्यक्रमका बिच पदबहालि गर्नु भएको छ ।
नेपाल निजामती कर्मचारी युनियनका नेता समेत रहनु भएका बर्मालाई नेपाल निजामती कर्मचारी युनियनले अर्घाखाँचीले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा सिफारिस गरेको थियोे । युनियनको तर्फ बाट अध्यक्ष बन्नुभएका निबर्तमान अध्यक्ष झबिन्द्र खनाल नेपाल सरकारको उपसचिवमा पदस्थापन भएपछि युनियका नेता बर्मालाई अध्यक्षमा सिफारिस गरिएको नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका अध्यक्ष माधब अर्यालले जानकारी दिनुभयो ।

सिबिएको कार्यलयमा आयोजना गरिएको पदभार विशेष कार्यक्रममा निबर्तमान अध्यक्ष झबिन्द्र खनालले नब निर्वाचित अध्यक्ष कृष्ण वर्मालाई पद हस्तान्तरण गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियोे । कार्यक्रममा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष हरि डुम्रे सदस्य नारायण दमासेलाई स्वागत गरिएको थियोे भने कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष माधब अर्याल लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रम बिकल्प भट्टराईको सन्चालन निवर्तमान अध्यक्ष झबिन्द्र खनालको अध्यक्षतामा सम्पन्न भएको हो । युनियनले अध्यक्षमा कृष्ण वर्मा सहसचिवमा मन्जु खनाल सदस्यमा नारायण दमासेलाई सिफारिस गरेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो सिविएको कोषाध्यक्ष रहनुभएका बर्मा अध्यक्षमा सिफारिस भएपछि कोषाध्यक्ष पद खालि भएको छ । भने नेपाल निजामती कर्मचारी सङ्गठनले उपाध्यक्षमा हरि डुम्रे सदस्यमा लालमणि खनाललाई सिफारिस गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै