राष्ट्रिय सभा चुनावकाे १९ सिट नै सत्ता गठबन्धनले जित्छः अध्यक्ष नेपाल

१२ माघ, काठमाण्डाै । सत्ता साझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज बुधवार भइरहेकाे राष्ट्रिय सभाकाे चुनावमा १९ सिट नै सत्ता गठबन्धनले जित्ने दाबी गर्नुभएकाे छ । आज बुधवार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरङ्ग पैदा गरिरहेको छ । अहिले हामी पाँच दलीय गठबन्धनमा छौँ । पाँच दलीय गठबन्धनका सबै दल मिलेर राष्ट्रिय सभाको चुनावमा १९ जना उम्मेदवार खडा गरेका छौँ । सबै ठाउँमा हामी विजयी हुनेछौँ ।’ उहाँले राष्ट्रिय सभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरङ्ग पैदा गर्ने बताउनुभयो ।

कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले सत्तारुढ दलहरूबीच एकै पटक तीन वटा तहको चुनाव गराउन सके खर्च कम लाग्ने भएकाले विज्ञहरूसँग विस्तृत छलफल गरिरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘तपाईँहरू सुनिरहनुभएको छ कि स्थानीय तहको चुनाव कहिले गर्ने, सङ्घीय चुनाव कहिले गर्ने ? प्रदेश सभाको चुनाव कहिले गर्ने ? एकै पटकमा तीन वटा नै तहको चुनाव गर्न सकियो भने राम्रो हुन्छ । एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्ब रुपैयाँमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ ।’

श्राेतः उज्यालाे अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img