१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

मल कारखाना खोल्न व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह

Workplace

११ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

अाज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गर्नुभएको हाे । उहाँले उद्योगी, व्यवसायीहरूले मल कारखाना खाेलेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकलाई सहयोग गरेकोमा उनीहरूलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकाले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै