अहिलेको सरकारको मुख्य ध्यान नै नागरिकको सुरक्षमा केन्द्रित छः प्रधानमन्त्री देउवा

७ माघ, काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले अहिले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताउनुभयो । उहाँले सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको बताउनुभयो । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ । उहाँले विपदमा परेका नागरिकको उद्धार सरकारको उच्च प्राथमिकतामा रहेको र पीडितलाई राहत र क्षतिपूर्ति प्रदान गरिएको समेत बताउनुभयो । गएको कात्तिकमा बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने काम अघि बढेको उहाँको भनाइ छ । साथै प्रधानमन्त्री देउवाले किसानलाई मल÷बीउको कमी हुन नदिन सरकारले हरसम्भव प्रयत्न गरिरहेको दाबी समेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । उहाँले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै त्यसका लागि तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सरकार गठनको ६ महिना पुगेको अवसरमा आज प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

आमाको नागरिकतामा छोराको हस्ताक्षर

- Advertisement -spot_img
-Advertisement-spot_img