प्रदेश-२ काे नाम मधेश, स्थायी राजधानी जनकपुरधाम

३ माघ, काठमाण्डौ । प्रदेश-२ को स्थायी राजधानी र नाम टुङ्गो लागेको छ । स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । यस्तै प्रदेशको नाम मधेश दुई तिहाइले पारित भएको छ ।

नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । कुल १ सय ४ सदस्य रहेको प्रदेश-२ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ मत परेको छ ।

प्रदेश सभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए । प्रदेश सभामा आज भएको मतदानमा सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइबाट पारित गरिएको भन्दै अन्य प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको हो ।

दोस्रो पटकको प्रयासमा प्रदेश २ को स्थायी राजधानी कायम भएको हो । यसअघि २०७६ चैत ३ मा मतदान हुँदा राजधानीको टुङ्गो लाग्न सकेको थिएन । अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भइ उत्तरमा ढल्केबर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

- Advertisement -spot_img
-Advertisement-spot_img