३ माघ, काठमाण्डौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोरोना भाइरसको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश, २०७८ जारी गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ भेरियन्ट ओमिक्रोनसहित कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश २०७८ जारी गरिएको जानकारी दिनुभयो।