एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा दिप प्रज्वलन

पुस २७, नविन रसाइली अर्घाखाँची। प्राज्ञिक विद्यार्थी संगठन सन्धिखर्क नगर इकाई अर्घाखाँचीले एकता दिवस तथा पृथ्वि जयन्तीकोे अवसरमा सन्धिखर्कमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । आज पुस २७ गते मङ्गलवार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वीजयन्तीको अवसरमा सन्धिखर्कको शान्तिबगैंचामा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा सहभागीले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण सहित, अविर लगाइदिएका थिए । पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आज अर्घाखाँची सहित देशभरका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइएको थियो ।

वि.स. १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहले बाइसे चौबिसे जस्ता स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने गरिन्छ ।

नेपालमा २००७ सालको क्रान्तिपछि नेपालमा आएको प्रजातन्त्रपछि योगी नरहरिनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया सुरु गर्नुभएको थियो ।


पृथ्वीनारायण शाहले स–साना क्षेत्र (भीरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसाल्नुभएको थियो । पृथ्वीनारायण शाहले सुरु गर्नुभएको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै