अर्घाखाँचीमा सवारी चालक तथा सहचालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण

२० पुस, अर्घाखाँची । बढदो सवारी दुर्घटना न्युनिकरणका लागि अर्घाखाँचीका चालक र सह-चालकहरुलाई निःशुल्क स्वास्थ्य शिबिर मंगलबार सन्धिखर्कको बसपार्कमा सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यलय र ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना अर्घाखाँची जिल्ला अस्पताल र आँखा अस्पताल सन्धिखर्कको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पछिल्लो समय वढ्दो सवारी दुर्घटनालाई बिश्लेषण गरी हेर्दा सवारी दुर्घटनामा सार्बजनिक सवारी साधनहरुको संलग्नता धेरै देखिएको परिपेक्षमा सार्बजनिक सवारी साधनहरुबाट हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ यस कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख अमर बहादुर थापाले बताए ।

स्वास्थ्य परिक्षण कार्यक्रमलाई अर्घाखाँचीका विभिन्न स्थानमा निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रविन आचार्यले बताएका छन ।

पछिल्लो समय अर्घाखाँचीमा जिल्ला ट्राफिक प्रहरीको प्रमुखको हैसियतमा आए पछि आचार्यले बिद्यार्थी , चालक सह-चालक , सर्वसाधारण हरु संग अन्तरक्रिया कार्यक्रम गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमलाई एकदमै प्राथमिकता दिएका छन । उनले जिल्ला भर १४६ वटा प्रशिक्षण कार्यक्रम गर्दा ६९०१ जनाले लाभान्वित भएका छन ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा कर्मी , स्थानीय वार्ड अध्यक्ष , टोल बिकास समितिका अध्यक्ष, यातायात ब्यवसायी अध्यक्ष , पत्रकार , चालक र सह – चालक लगाएत स्थानीय बासिहरुको बाक्लो उपस्थिति रहेको थियो भने करिब १५० जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै